आगोले जलेर बालकको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस) २०७९ कार्तिक २४ गते १२:०४

तनहुँ ।
तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको भान्सा कोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया