कास्की मोडनाइज्डमा बास्केटबल

समाधान संवाददाता २०७९ कार्तिक २४ गते १७:३८

पोखरा ।
कास्की मोडनाइज्ड एकेडमीले बिहीबार विद्यालयमा कक्षा ११/१२ को बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । एकेडमीले आफ्ना विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विभिन्न किसिमका अतिरिक्त कृयाकलाप, सांस्कृतिक कार्यक्रम तथा खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा छात्रतर्फ व्यवस्थापन बि प्रथम र विज्ञान ए द्वितीय बने । छात्रातर्फ व्यवस्थापन बि प्रथम र विज्ञान ए द्वितीय भएका छन् । छात्रतर्फ ४ र छात्रातर्फ ३ टिम प्रतियोगितामा सहभागी थिए ।

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले अतिरिक्त क्रियाकलाप प्रमुख ईश्वर आलेलाई बास्केटबल हस्तान्तरण गरी खेल उद्घाटन गरेका थिए । मोचीले वर्तमान परिवेशमा खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउन सकेकाले राम्रो खेल खेल्ने विद्यार्थीको भविष्य समेत खेलबाट नै सुनिश्चित बताए ।

Advertisement

रेफ्रीको भूमिका डिल्लीजंग गुरुङ र भीमलाल श्रेष्ठले निर्वाह गरेका थिए । कार्यक्रममा शिक्षक सुरेशराज पाण्डेले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया