युआरएल पुरस्कारका लागि छनोट समिति

समाधान संवाददाता २०७९ कार्तिक २५ गते ११:३८

पोखरा ।
युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए ।

३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ । समितिमा एक चिकित्सक र अर्का एक सदस्य नागरिक अधिकारकर्मीबाट रहनेछन् । युआरएलले स्थापना तथा सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

आगामी मंसिर २३ हुने हुने युआरएलको नवौं वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने युआरएलका प्रबन्ध निर्देशक गणेश कोइरालाले बताए । यो पुरस्कार कम्तीमा ५ वर्षदेखि गण्डकी प्रदेशमा रही स्वास्थ्य बिटमा पत्रकारिता गर्नेलाई प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।

Advertisement

पोखराको सभागृहमा केन्द्रीय कार्यालय रहेको युआरएलले पोखरासहित गण्डकीका विभिन्न जिल्लामा ११ शाखा र ३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी १२९ शिविरमार्फत सबा लाखभन्दा बढीलाई सित्तैमा सेवा दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया