विकासका लागि एमालेलाई भोट दिनुस् : अधिकारी

समाधान संवाददाता २०७९ कार्तिक २५ गते १९:११

पोखरा । नेकपा ९एमाले० को तर्फबाट कास्की क्षेत्र नम्बर १ क का उम्मेदवार खगराज अधिकारीले देशको बिकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न आवश्यक रहेको बताएका छन् ।


पोखरा महानगरपालिका–२६ मा चुनावी प्रचार अभियानको क्रममा बोल्दै अधिकारीले नेकपा एमालेको नेतृत्वको सरकारका बेला भएका बिकास निर्माणका कामले त्यसलाई पुष्टि गरेको बताए ।


प्रतिनिधि सभा सदस्यका रुपमा रहदा जनताको आवश्यकताको आधारमा काम गरेको उल्लेख गर्दै बाकी कामलाई पूरा गर्न आफुले आगामी दिनमा भुमिका खेल्ने प्रतिवद्वता उनले ब्यक्त गरे ।

Advertisement


ुकेन्द्रमा हुँदा पनि मैले यहाँहरुकै आवश्यकताका आधारमा बिकास निर्माणका काममा सहकार्य गरेको थिए अब प्रदेशमा अझ नजिक भएर काम गर्ने अवसर मिलेको छ हामी कास्की क्षेत्र १ मात्रै होइन समग्र गण्डकी प्रदेशलाई बिकासमा अब्बल बनाउने छौुं,उनले भने ।

पुर्ववतस् एमाले सरकारले गरेका कामको जगमा रहेर आफ्ना योजना अगाडी बढाउने उनको भनाई थियो ।कृषकले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि सरकारले आवश्यक ब्यबस्था गर्ने अधिकारी बताए ।बजार हुँदा हुँदै पनि उत्पादित बस्तुहरुको बितरण र बजारीकरण हुन नसकेको बताउदै त्यो अवस्था अब आउन नदिने उनले बताए । चुनावी प्रचारका क्रममा उनले जनताको गुनासोलाई सुन्ने र आवश्यक सम्बोधन गर्दै आइरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया