घरदैलोमा तपाईंहरुको समस्या सुन्न आएको हुँः श्याम

समाधान संवाददाता २०७९ कार्तिक २५ गते २०:४५

पोखरा ।
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा –एमाले– को तर्फबाट कास्की १ ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेद बहादुर गुरुङ श्यामले आफूले मतदाताको समस्या सुन्न आएको बताए । उनले आफूले मतदाताका समस्या बुझ्न र आफ्नो ५ वर्षे योजना सुनाउन आएको सुनाए । बिहीबार पोखरा २८ पुगेका उनले घरदैलो गर्दै सो क्षेत्रको समस्या समाधान गर्ने वाचा गरे ।

उम्मेदवार गुरुङले मतदाताहरुको गुनासो सुनेपछि समस्या समाधान गरि उक्त क्षेत्रको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन् । उनले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया