बालश्रम न्यूनीकरण सम्बन्धी तालिम

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १३:२४

पोखरा ।
पोखरामा बालश्रम न्यूनीकरण सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत कार्तिक २० गते देखि २३ गतेसम्म किड्सा नेपालको संयुक्त सहकार्यमा मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको हो ।

बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक प्रीति पाण्डेले बालबालिकाको जीवनमा देखापर्ने असाधारण क्रियाकलापहरुलाई न्यूनीकरण गरी उनीहरुलाई त्यसबाट सचेत गराई सकरात्मक सोच र मन भावनाको विकास गराउन आवश्यक रहेको औंल्याइन् ।

उनले बालबालिकालाई सही दिशातर्फ उन्मुख गराई उनीहरुको जीवनशैलीमा परिर्वतन ल्याउनका लागि तालिमले सकारात्मक भूमिका खेलेको बताइन् । उनले तालिममा सिकेका कुरालाई शिक्षक, शिक्षिकाहरुले बाल बालिकाको जीवनमा लागु गरी उनीहरुको हरेक क्रियाकलाप परिर्वतन गर्न आग्रहसमेत गरिन् ।

Advertisement

मनोसामाजिक परामर्श तालिम कोसिसका मुल प्रशिक्षक विनय पाण्डेले पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम लगायत किडसा नेपालले बालश्रमको क्षेत्रमा धेरै सकरात्मक काम गर्दै आएको प्रति खुशी व्यक्त गरे ।

यस तालिमले बाल बालिकाहरुको जीवनमा देखापर्ने विभिन्न किसिमका तनाव, पीडा, नकरात्मक विचार असाधारण व्यवहारलाई न्यूनीकरण गरी उनीहरुलाई सामान्य अवस्थामा ल्याउनको लागी यो तालिम प्रभावकारी हुने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले तालिमले बाल बालिकाको क्षेत्रमा धेरै ठुलो सकरात्मक काम गरेको र उनीहरुको जीवनमा आमुल परिर्वत हुने खालको ज्ञान दिएको प्रति कोसिसलाई धेरै धन्यवाद दिँदै तालिमको आयोजना गरी प्रशिक्षार्थीहरुलाई सिक्ने मौका दिएकोमा बालश्रम न्यूनीकरण कार्यक्रमप्रति धन्यवादसमेत दिएका थिए ।

प्रशिक्षार्थीहरुको प्रतिनिधित्व गर्दै विक्रम अधिकारी र प्रतीक्षा अधिकारीले तालिमले बालबालिकाको क्षेत्रमा काम गर्न आफूलाई धेरै ठूलो प्रेरणा र ज्ञान मिलेको बताए । तालिममा २० जना प्रशिक्षार्थी थिए ।

तालिमको सम्पूर्ण व्यवस्थापन बालश्रम न्यूनीकरण कार्यक्रमका शिक्षा विभाग प्रमुख मेहन्दी दासले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता बालश्रम न्यूनीकरणका अध्यक्ष राजेन्द्रकुमार लालचनले गरेका थिए । कार्यक्रम सञ्चालन बालश्रम न्यूनीकरणका संयोजक प्रीति पाण्डेले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया