मेरो उमेदवारी नै तरुण दल, वाइसिएल सहित गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व होः दीपक गुरुङ

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १६:३७

कास्की १ ख का वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदैे तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन ।


तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ ९ख० मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने ९क० मा माओवादीका दीपक कोइराला उमेदवार छन
चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उमेदवार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए ।


“तरुण दल, नेपाली कांग्रेसर गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।” उनले भने, “गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।”

Advertisement


पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उमेदवारलाई जिताउन उनले आग्रह गरे । जीतपछि संसदमा “युथ अफ भोइस” को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए ।


“यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया