नेपालले पहिलो पटक विश्वकप आयोजना गर्ने

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १०:३९

काठमाडौं ।
नेपालले पहिलो पटक आइसिसी १९ वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यु–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बंगलादेश मिलेर प्रतियोगिता आयोजना गर्ने छन् ।

आइसिसीले आइतबार सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलंकाले गर्ने उल्लेख छ ।सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डमा संयुक्त रुपमा हुनेछ । सन् २०२६ को यु–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पुर्‍याउन मद्दत पुग्ने विचार व्यक्त गरे ।

Advertisement

उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब ४ वर्षकोसमय भएकाले अब पूर्वाधार विकासका लागि सरकारसँग पहल गरिने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया