संगम विकास समाजमा ढाकाराम

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १३:२२

पोखरा ।
संगम मार्ग टोल विकास संस्थाको दोस्रो अधिवेशसनले ढाकाराम लामिछानेको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी बास्तोला, सचिव लक्ष्मी कुँवर, कोषाध्यक्ष यादव श्रेष्ठ, सहसचिव लक्ष्मी कुँवर र संस्थागत सदस्यतर्फ सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा छन् ।

सदस्यमा सोवित पौडेल, जया बराल, नवराज श्रेष्ठ, सपना कुँवर, कृष्ण कुँवर र कृष्णमाया भुजेल छन् । कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले स्थानीय विकास, निर्माणमा संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

पोखरा महानगरपालिका प्रमुखका सचिवालय सदस्य लोकदर्शन कोइरालाले संस्थाले खाली रहेका जग्गामा पार्किङ वा अन्य उपयोगको पहल गर्नुपर्नेमा जोड दिए ।

Advertisement

निर्वाचन संयोजक रामराज लामिछाने, सदस्य चिन्तामणि बास्तोला र रामबहादुर बुढाले नवनियुक्त कार्यसमितिलाई पदस्थापन गराएका थिए । कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, संगम मार्ग महिला समूहका अध्यक्ष इन्दिरा लामिछाने, उपाध्यक्ष लक्ष्मी बास्तोला, सहसचिव लक्ष्मी कुँवर, कोषध्यक्ष निमा गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य, सफाइ अभियन्ता भगवती अधिकारी र टेकबहादुर थापा, संस्थागततर्फ चिन्तामणि बास्तोला र यादव श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया