सृजना बालगृह १६ वर्षमा

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १३:२५

पोखरा ।
सृजना विकास केन्द्रद्वारा स्थापित एवं सञ्चालित सृजना बालगृह १६ वर्षमा प्रवेश गरेको छ । जनयुद्धका बेला राज्य तथा माओवादी पक्षबाट परिवार गुमाएका बालबालिकाका २०६३ मा सुरु गरिएको बालगृहमा हालसम्म ४० बालबालिका उच्च शिक्षासहित व्यवस्थापन गरिएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

सुरुका १० वर्ष सहयोगी संस्थामार्फत व्यवस्थापन गरिएकोमा अहिले केन्द्रबाट नै पूर्ण रुपमा यसको सञ्चालन गरिँदै आएको पूर्व अध्यक्ष ईन्द्र पौडेलले बताए । केन्द्रले स्थानीयका लागि खानेपानी परियोजना पनि चलाएको छ ।

स्थापना दिवस तथा बालगृहमा व्यवथापन समितिको स्वागत बिदाइ कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले बालगृहलाई पूर्ण रुपमा सञ्चालन गर्न वार्डले सहकार्य गर्ने प्रतिवद्धता गरिन् ।

Advertisement

केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, वडा सदस्य शिवराम भण्डारी, बालगृह व्यवस्थापन समिति संयोजक सोमनाथ बराल, बालगृहका पूर्व संयोजक विश्वकुमार बिजुक्छे, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु र सदस्य दान बहादुरले बोलेका थिए ।

कार्यक्रममा बालबालिकाले विविध प्रस्तुति राखेका थिए । पोखरा ८ निवासी रामचन्द्र पौडेलले बालबालिकालाई न्यानो कपडा वितरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया