शुभप्रभात सहकारीको सञ्चालक समिति गठन

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १६:०६

पोखरा ।
शुभप्रभात बचत तथा ऋण सहकारीको ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो । शनिबार भएको १० औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा सञ्जय कुँवर खाँड र लेखा समिति संयोजकमा सुजित कुमार बिजुक्छेलाई चुनेको छ । शिव कुमार कुँवरको संयोजकत्वमा रहेको निर्वाचव उप–समितिले नयाँ नेतृत्वका लागि सहजीकरण गरेको थियो ।

अध्यक्ष खाँडले गत वर्षको वार्षिक प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम पेश गरेका थिए । गत वर्षको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष राजु कुवँरले, लेखा समितिको प्रतिवेदन संयोजक बिजुक्छेले प्रस्तुत गरेका थिए ।

कार्यक्रम सञ्चालन सदस्य सुशील नेपाली र सचिव मान बहादुर कुवँरले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष राज कुमार खाँडले राखे भने शुभकामना मन्तव्य सञ्चालक सदस्य बिरेन्द्र बहादुर कुवँरले राखे ।

Advertisement

२ जना उत्कृष्ट सदस्य साथै २ जना जेष्ठ सदस्य सम्मान गरिएको थियो । ३ जना प्लस टु उत्तिर्ण सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया