क्लिस्विप भएको एमाले समानुपातिकमा अघि

समाधान संवाददाता २०७९ मंसिर ८ गते १३:१०

जोमसोम ।
देशभर मतगणना जारी रहँदै गर्दा मुस्ताङमा भने प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फको सबै मतगणना सकिएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालय मुस्ताङले सार्वजनिक गरेको समानुपातिक मतपरिणाममा नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा शीर्ष स्थानमा छ ।

यहाँ नेपाली कांग्रेस दोस्रो छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७ हजार ६ सय ९९ मत खसेकोमा नेकपा(एमाले)को सूर्य चुनाव चिन्हले ३ हजार ४ सय ४ मत पाएको छ भने नेपाली कांग्रेसको रुख चुनाव चिन्हले २ हजार ४ सय ८६ मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसभन्दा एमाले ९ सय १८ मतले अघि छ ।

यस्तै, नेकपा(माओवादी) केन्द्रको हसिया हथौडाले ९ सय ८९ मत पाएको छ भने रास्वपाको चुनाव चिन्ह घन्टीले २९९ मत पाएको छ । प्रदेशसभा समानुपातिक मतपरिणाम पनि नेकपा(एमाले)ले पहिलो स्थान हासिल गरेको छ ।

Advertisement

एमालेको सूर्य चुनाव चिन्हले कुल खसेको मत ७ हजार २ सय ५५ मध्ये ३ हजार १ सय १ मत पाएको छ । कांग्रेसको चुनाव चिन्ह रुखले २ हजार २ सय ५७ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले १ हजार ३० मत पाएको छ भने राप्रपाको हलो चुनाव चिन्हले ४ सय ४० मत ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया