हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

समाधान संवाददाता २०७९ मंसिर ११ गते १२:५१

पोखरा ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार पोखरामा सम्पन्न साताैं अधिवेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिवमा कल्पना आचार्य निर्वाचित भएकी छन् ।

सदस्यमा बिष्णु काफ्ले, जमुना पौडेल, सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन भएका छन् । नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीले पद तथा गोपनियताको सफत गराएका थिए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री संयोजक, युनियनका केन्द्रिय सल्लाहकार कमिटी सदस्य मन्जु आचार्य, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, जिफन्ट पोखरा महानगर कमिटीका अध्यक्ष सुर्य प्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकार सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

Advertisement

अधिवेशनको पहिलो सत्रलाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रिय अध्यक्ष गिरीले युनियनहरु ब्यवस्थापन पक्षले चलाउने खालको बन्न नहुने बताउँदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए । उनले मर्यादित जीवन बाँच्न पाउने हक हरेक श्रमजिवी मजदुरको हुने भन्दै समयानुकूल र महंगीलाई मध्यनजर गरेर पारिश्रमिक निर्धारण हुनुपर्नेमा जोड दिए । हरेक मजदुरलाई योगदानमा आधारित सामजिक सुरक्षा कार्यक्रम भित्र समावेश गराउनु पर्ने भन्दै केन्द्रिय अध्यक्ष गिरीले श्रम ऐन पुर्ण रुपमा कार्यन्यवन हुन आवश्यक रहेको बताए ।

जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले मजदुर आन्दोलनकै बलमा आज मजदुरहरुले एक लाख सम्मको निशुल्क उपचार र दुर्घटनामा परेमा सात लाख सम्मको दुर्घटना विमा सुविधा प्राप्त गरेको बताउँदै एकतामा बल भएकोले संगठित भएर अगाडि बढ्न आग्रह गरे ।

Advertisement

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्थ अधिवक्ता कृष्णबहादुर गुरुङले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेसागत हक हितको लागि संगठित हुनु पर्नेमा जोड दिए । उनले हिमालय आँखा अस्पतालले नेपाल सरकारले तोकेको भन्दा पनि कम शुल्कमा बिरामीहरूलाई सेवा दिएको दाबी गर्दै आफुहरु नाफा कमाउने उदेश्यले नभई सेवामुलक रुपमा अगाडि बढेको बताए ।

युनियनका अध्यक्ष प्रेम कुमार नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका शाही योगि, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर इलिया श्रेष्ठ, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपालका अध्यक्ष अमृत पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

युनियनका उपाध्यक्ष पार्वती गुरुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अनिल कुमार सिंहले गरेका थिए । अधिवेशनबाट सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरिएको छ ।

तपाईको प्रतिक्रिया