स्याङ्जा २ मा धनराजलाई २०४४ मतको अग्रता

समाधान संवाददाता २०७९ मंसिर १५ गते १८:३७

स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले प्रतिस्पर्धी एमालेकी पद्मा अर्याल भन्दा धेरै मत ल्याइरहेका छन् । निर्वाचन भएको १० दिनपछि मात्रै स्याङ्जा २ मा बिहीबार मतगणना सुरु भएको हो ।

१७ हजार ११५ मत गनिसक्दा गुरुङले ७ हजार ९०७ मत ल्याएका छन् । एमालकी उम्मेदवार पद्मा अर्यालले पाँच हजार ८६३ मत पाएकी छन् । यससँगै धनराज दुई हजार ४४ मतले अगाडि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार २ सय ८८ मत पाएका छन् । स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको छ ।

प्रदेश २(१) मा कांग्रेसका भोजराज अर्याल ८ हजार ७१३ मतसहित अगाडि छन् । एमालेका मोहन रेग्मी ६ हजार ६३६ मतले पछ्याइरहेका छन् ।

Advertisement

समानुपातिकतर्फ १६ हजार १२४ मत गणना गर्दा कांग्रेसले ५ हजार ९५२ मत पाउँदा एमालेले ५ हजार २५९ मत ल्याएको छ भने रास्वपाले २ हजार ५६३ मत ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया