हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम

समाधान संवाददाता २०७९ मंसिर १९ गते १४:३८

पोखरा ।
विन्ध्यवासिनी मावि बाटुलेचौरले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा आयोजक प्रथम भएको छ । पोखरा १६ र १९ का १२ स्कुलका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थी सहभागी प्रतियोगितामा भारती भवन मावि पुरून्चौर द्वितीय र भुमेश्वर आधारभूत विद्यालय तृतीय भएको कार्यक्रम संयोजक गोविन्द शर्मा पौडेलले बताए ।

कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बालबालिकाको शैक्षिक विकासका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्राकुमारी अधिकारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र इन्दु भट्टराईले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया