कन्या क्याम्पस र जनप्रिय क्याम्पस फाइनलमा

समाधान संवाददाता २०७९ मंसिर १९ गते १६:०५

पोखरा ।
सामुदायिक क्याम्पस स्तरीय छात्रा भलिबल प्रतियोगितामा कन्या क्याम्पस (क) र जनप्रिय बहुमुखी क्याम्पस फाइनल प्रवेश गरेका छन् । कन्या क्याम्पस पोखराको ३१औं वार्षिकोत्सवको अवसरमा कन्या क्याम्पस प्राध्यापक संघको आयोजनामा प्रतियोगिता भएको हो ।

कन्या क्याम्पस (क) ले सोमबार भएको सेमिफाइनलमा कालिका पब्लिकलाई २÷० को सोझो सेटमा पराजित गरी फाइनल प्रवेश गरेको हो । सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा कन्या (ख) लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको विन्ध्यवासिनी क्याम्पस सेमिफाइनलमा जनप्रिय क्याम्पससँग पराजित भएको थियो । फाइनल प्रतियोगीता मंगलबार बिहान ८ बजे हुनेछ ।

पहिलो सेमिफाइनलको प्लेअर अफ द म्याच विन्ध्यवासिनी क्याम्पसकी क्याप्टेन मबिना सन्त्याल भएकी थिइन् भने दोस्रोमा कन्या क्याम्पस (क) की क्याप्टेन रसिला पुर्जा भएकी थिइन् ।

Advertisement

मंगलबार बिहान ७ बजे तेस्रो स्थानका लागि विन्ध्यवासिनी क्याम्पस र कालिका पब्लिक कलेज प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया