अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

सञ्जय रानाभाट २०७९ मंसिर २४ गते १७:०५

सञ्जय रानाभाट
पोखरा ।

विमान चालक दलले खबर गरे—अनामपुरबाट उडेको ‘एबिसी एयरलाइन्सको ए ३२० एयरक्राफ्ट’ विमान २५ माइल आइपुग्दा दाहिने इन्जिनमा समस्या देखियो, प्रायोरिटी चाहियो !


फेरि खबर आयो—१० माइलमा नजिक आइपुग्दा दुवै इन्जिन फेल भए । जहाजले तत्काल पुन प्रायोरिटी माग्यो ! पोखरा विमानस्थलको कन्ट्रोल टावरले विमानलाई तत्काल प्रायोरिटी दियो ।

Advertisement


जहाज अवतरण गर्ने क्रममा रनवे ३—० धावन मार्गको दायाँबाट चिप्लिएर दुर्घटनाग्रस्त भयो । एक्कासि विमानस्थलको बीच भागमा कालो मुस्लो सहितको आगो बल्न थाल्यो । एक ैछिनमा विमानस्थल युद्धस्थल जस्तो बन्यो, चर्को आवाजसहित चिच्याहट आउन थाल्यो । गुहार मागेको आवाज दुर्घटना स्थलबाट आइरह्यो ।


दुर्घटनाको खबर बिजुली गतिमा फौलियो । विमानस्थलको कन्ट्रोल रुमबाट आपतकालीन खबर पुगिसकेको थियो । दुर्घटना स्थानमा बिजुली गतिमा अग्नि नियन्त्रक गाडी पुग्यो । चर्को स्वरमा यात्रु रोइरहेको कोलाहल थियो । चालक दलसहित यात्रुले गुहार मागिरहेका थिए । कोही भनिरहेका थिए, ‘आमा बचाउँ, पानी ।’

Advertisement


अग्नि नियन्त्रण टिमले ५ मिनेटभित्रै विमानमा लागेको आगो निभायो । विमानमा दुर्घटनामा परेका यात्रु यत्रतत्र छटपटाइरहेका थिए । कोही आफन्तालाई सम्झदै भन्दै थिए, ‘मलाई छिट्टो अस्पताल लैजाऊँ !’


आगो नियन्त्रणसँगै, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, घटनास्थलमा पुगे । घटनामा खटिएका सुरक्षा निकायहरु प्राथमिकताका आधारमा बिरामी छनोट गर्दै ह्वल्चियरमा बोक्दै बिरामी वर्गीकरण गर्न थाले । टोलीले प्रायोसटी ०, प्रायोरीटी १, प्रायोरीटी २, प्रायोरीटी ३, प्रायोरीटी ४ मा राख्न थाल्यो । यता नेपाल प्रहरीले विमानस्थल सिलबन्दी गरिसकेको थियो ।


प्रायोसटी ० का मानिसको ज्यान गइसकेको बुभ्mन सकिन्थ्यो । प्राथमिकताका आधारमा तत्काल बिरामीको उपचार थालियो । नेपाल प्रहरीले थप पुलिस फोर्स मग्यो । केहीले एम्बुलेसन्स ढिला आएको गुनासो गाइगुइ गर्न थाले । सुरुमा १÷२ वटा मात्र एम्बुलेन्स देखिए पनि दुर्घटना भएको आधा घन्टापछि एम्बुलेन्सको संख्या धेरै देखिन थाल्यो । प्रायोरिटी १ मा राखिएका बिरामीलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइयो । केही बेरमै प्रभुको हेलिकोप्टर घटनास्थलमा आइपुगेपछि बिरामी ओसार्ने काम थप तीव्र भयो ।

सुरक्षाकर्मीले प्रथामिकताका आधारमा ह्विलचियरमा राख्दै चोटपटक लागेकालाई सुरक्षित किनारामा ल्याए । किनारामा ल्याएर प्रथामिकत उपचार गर्न थालियो ।

घटनामा खटिएका प्रहरीले पत्रकारसँग कुरा गर्दै घटनास्थलमै ४५ जनाको मृत्यु भइसकेको जानकारी दिए । ती प्रहरीले भने, ‘मृतकको सनाखत हुन बाँकी छ । पोस्टमार्टमका लागि केही बेरमा अस्पताल लैजान्छौं ।’ प्रथामिकताका आधारमा केही स्वास्थकर्मीले घटनास्थल नजिकै प्राथमिक उपचार गरिरहेका थिए । यति बेरसम्म अस्पतालबाहिर गाईंगुई सुरु भइसकेको थियो । आफान्तको चिच्याहट छँदै थियो । प्रहरीले दुर्घटना स्थलमा प्रवेश गर्न रोक लगाएपछि माहोल तातेको थियो । पत्रकारहरु फोटो, भिडओ खिच्दै थिए । आफ्ना सञ्चार माध्यमलाई अपडेट गराइरहेका थिए ।


चालक दलसहित १ सय ८० जना यात्रु चढेको विमान दुर्घटना हुँदा ४५ यात्रुको निधन भएको जानकारी प्रहरीले गराएको थियो । १ सय ३५ जना सामान्य घाइते, २७ जनाको अवस्था गम्भीर अवस्था रहेको खबर थियो ।


यो पुस १७ गतेबाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार देखिएको कृत्रिम दृष्य हो । शनिबार साच्चिकै विमान दुर्घटना भएको थिएन । सधैं झै विमानस्थल उस्तै थियो । तर के थाहा ! अब आन्तरिक र अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएपछि जुनसुकै बेला दुर्घटना हुन सक्छ ।


त्यसैलाई ख्याल गरी नागरिक उड्डयान प्राधिकरणले आपतकालीन उद्धार कसरी गर्ने भनेर प्रयोगात्मक अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र रेडक्रस संलग्न रहे । दुर्घटनाग्रस्त जहाज नियन्त्रणमा लिएर यात्रुको उद्धार गर्दासम्म करिब २ घण्टा समय लागेको विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।


विमानस्थल सञ्चालन आएपछि भवितव्य, कुनै पनि दुर्घटनालाई न्यूनीकरण गर्न र जोखिम काम गर्न छिटोभन्दा छिटो उद्धार गर्न आपतकालीन अभ्यास गरिएको जोशीले बताए । ‘भोलि जुनसुकै बेला यस्तो अवस्था आउन सक्छ । यस्तो घटनाबाट कसरी क्षति कम गर्न सकिन्छ भनेर हामीले सुरक्षा प्रभावकारी बनाएका हौं,’ उनले भने ।


विमानस्थल सञ्चालनमा ल्याउन सबै तयारी पूरा गरिसकिएको जोशीले जानकारी दिए । ‘उडान भर्न हामीसँग २ वटा समस्या थिए । ती विस्तारै समाधान हुनेतर्फ गएका छन् । डाँडा कटान भइरहेको छ । अब यसले समस्या दिन्नँ । महानगरले पनि फोहोर नफाल्ने वाचा गरिसक्यो । विमानस्थलमा चराको फ्लो पनि कम भइरहेको छ,’ उनले भने, ‘विमानस्थलले चराको संख्या काम गर्न महावीर आविष्कार केन्द्रबाट हामीले बादर धपाउने यन्त्र ल्याएका छौं । यसले पनि चराको संख्या कम गर्न मद्दत पुगेको छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया