घनश्याम र प्रभुलाई कारवाही

समाधान संवाददाता २०७९ मंसिर २५ गते १०:४२

काठमाडौं ।
एमालेले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । शनिबार बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो ।

प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्यबाट घनश्याम भुसाल र प्रभु साह निष्कासित भएका छन् । दुवै नेताले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् ।

केन्द्रीय सदस्यहरू रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन् । दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।

Advertisement

पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्तीमा परेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया