शैक्षिक भ्रमणमा आएको बसको ढोकाबाट खसेर मुस्ताङमा विद्यार्थीको मृत्यु

समाधान संवाददाता २०७९ मंसिर २७ गते १९:१०

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ । गुल्मीबाट विद्यार्थी र शिक्षक÷शिक्षिका लिएर शैक्षिण भ्रमणका लागि  मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग १ ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटना स्थलबाट अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आईपुगेको बस मंगलबार बिहान करिव ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर विद्यार्थीको मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपी कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार बसको ढोकाबाट खसेको विद्यार्थी गम्भिर घाईते भएको र अस्पतालमा पू¥याउँदा मृत्यु भएको उनले बताए । शैक्षिक भ्रमणमा  निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक÷शिक्षिका र चालक र सहचालक सवार थिए ।

 बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु भएपछि बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । 

Advertisement

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया