लिटरेचर फेस्टिभलमा गगन आउने

समाधान संवाददाता २०७९ मंसिर २९ गते १२:४४

पोखरा ।
पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका २ सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

महामन्त्री थापाले ‘काठमान्डू कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्ने छन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं त्यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।

साथै ‘समाज अनुसारका नेता कि नेता अनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने फाउन्डेसनले जनाएको छ । पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया