तनहुँमा श्रीमानको हत्या आरोपमा महिला पक्राउ

समाधान संवाददाता २०७९ मंसिर २९ गते १६:३४

पाेखरा ।

श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले श्रीमान ४० वर्षीय मनबहादुर नेपालीको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार प्रहरीले सुशीलालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा बस्दै आएक उनीहरुबीच बुधबार राति विवाद भएको थियो ।

Advertisement

श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया