सेनिक बर्दीमा टिकटक बनाई ठगी गर्ने युवक हतियारसहित पक्राउ

समाधान संवाददाता २०७९ मंसिर २९ गते १९:३८

जोमसोम– सामाजिक संञ्जाल मार्फत टिकटक बनाई ठगी गरेको एक युवक हतियारसहित पक्राउ परेका छन् । थासाङ गाउँपालिका–२ बस्ने १९ वर्षीय युवक विपन वि.क.लाई नेपाली सेनाको पोषाकमा हतियारसहित टिकटक बनाई ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी मुस्ताङले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले हतियारसहित पक्राउ परेका युवकको घटना सम्वन्धमा बिहिबार एक प्रेष विज्ञप्ति समेत सार्वजनिक गरेको छ । युवकले तेन्जिङ गुरुङ नामको नक्कली टिकटक आईडीमा नेपाली सेनाको पोषाक र नक्कली परिचयपत्रसहितको फोटो तथा भिडियो अपलोड गरी ठगी गरेको विज्ञप्तिमा भनीएको छ । सैनिक पोषाक लगाएर टिकटकमा आफु नेपाली सेनाको उपसेनानी÷सहसेनानी भएको र बुवा उपरथि,आमा मेजर,दिदी सहसेनानी हुन् भनी टिकटकमा भिडियो र फोटो अपलोड गरेको बताईएको छ । विज्ञप्तिमा युवकले टिकटकमा सैनिक परिचय दिएर नेपाली सेनामा भर्ती गरिदिन्छु,सरुवा÷बढुवा गरिदिन्छु भनी नक्कली परिचयपत्र प्रयोग गरी ठगी गर्दैआएको भनी सेनाको सैनिक प्रहरी गण ,जंगी अड्डाबाट जिल्ला प्रहरीलाई सूचना गरिएपछि युवक हतियारसहित पक्राउ परेको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सेनाको नक्कली पोषाक लगाएर टिकटक बनाई ठगी गर्ने युवक विपन वि.क.लाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले मंसिर २२ गते अर्थात बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । पक्राउ परेका युवकको घर खानतलासी गर्दा स्टेन्ट गन जस्तो देखिने हतियार थान एक, टेप लगाएर बनाएको वाकी टकी जस्तो देखिने वस्तु थान एक, सेनाको चुस्ता बुट लगायतका पोषकहरु,नक्कली पेस्तोल र पेस्तोल राख्ने पाउँच लगायतका सामाग्री बरामद गरेको सूचना अधिकारी प्रहरी निरीक्षक सुवेदीले उल्लेख गरे ।

हतियार र सैनिक पोषाकसहित पक्राउ परेका युवक विकलाई जिल्ला अदालत मुस्ताङमा हातहतियार खरखजना संम्वन्धि कसुरमा पेश गरी थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ । युवकले सैनिक पोषाकको नक्कली बर्दीमा टिकटक बनाएर विभिन्न व्यक्तिलाई सेनामा जागिर लगाईदिने र सरुवा बढुवा गरिदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएकाले यस सम्वन्धि थप अनुसन्धान भईरहेको जनाईएको छ ।
प्रहरीले यसप्रकारका कारण विभिन्न प्रलोभनमा पारी निज युवकले ठगी गरेको हुनसक्ने भएकाले यदी आफुलाई सेनाको अधिकृत तेन्जिङ गुरुङ भनी ठगी गरेको भएमा प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया