एकल साँझको तयारीमा गौरी

समाधान संवाददाता २०७९ पुष ६ गते १२:३६

पोखरा ।
पाँच दशकभन्दा बढी समयदेखि नेपाली लोक साँस्कृतिक क्षेत्रमा क्रियाशिल ६१ वर्षीय नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ (गौरी)को पुस ९ गते पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ हुने भएको छ । हिमाली साँस्कृतिक परिवारको रजत जयन्ती वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको अन्तिम तयारी भएको हो ।

नृत्य निर्देशक गुरुङ पोखरामा कलाकारको अभावमा खास गरी महिला कलाकारको अभावमा सानैदेखि स्टेजमा महिला भएरै नाच्दै फरक पहिचान बनाउँदै आएका छन् ।

हिमाली साँस्कृतिक परिवार लगायत विभिन्न साँस्कृतिक समूह, संघ, संस्था र विद्यालयमा गरी हजारौंलाई गरेको गुरुङको पहिलो एकल साँझ उदाहरणीय बन्ने हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले बताए ।

Advertisement


कार्यक्रममा एक दर्जन बढी प्रस्तुतिमा गौरीलाई हिमाली साँस्कृतिक परिवारका पुरानादेखि नयाँ कलाकारको साथ रहने नृत्य निर्देशक सनबहादुर गुरुङले बताए । एकल साँझका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान,पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, विभिन्न संघ संस्था, समाज, विद्यालय लगायत कलाकार एवम् शुभेच्छुकले सघाएको हिमाली साँस्कृतिक परिवारका कोषाध्यक्ष महादेव न्यौपानेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया