पारस शाह मुस्ताङमा

समाधान संवाददाता २०७९ पुष १५ गते १३:१७

जोमसोम ।
पूर्व युवराज पारस शाह बिहीबार साँझ मुस्ताङको जोमसोम आइपुगेका छन् । छोरी पूर्णिका शाहसहित १३ जनाको टोली मुस्ताङ भ्रमणका लागि जोमसोम आइपुगेको हो ।

शाहसहितको टोली काठमाडौबाट पोखरा र बेनी हुँदै ३ वटा स्कर्भियो गाडीमा मुस्ताङ आईपुगेको पारस शाहका सहयोगी फुर्वा लामाले जानकारी दिए । टोलीमा ८ नेपाली र ५ जना विदेशी छन् । शाहका सहयोगी लामाका अनुसार अस्ट्रेलियामा अध्ययनरत छोरी पूर्णिका शाहका साथीहरु मुस्ताङमा भ्रमणका लागि आएका हुन् ।

पूर्व युवराज पारस शाह बिहीबार साँझ जोमसोम स्थित होटल ओम्स होम्समा बसेका छन् । टोलीले बिहीबार बिहान मुक्तिनाथ दर्शन गरेको छ । हिउँद यामसँगै मुस्ताङको तापक्रम माइनस डिग्रीमा छ । चिसो मौसममा पूर्व युवराज पारस शाहको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisement

छोरीसहित मुस्ताङ आएका पारस शाहको मुस्ताङ भ्रमण व्यक्तिगत र पारिवारिक रहेको बताइए पनि भ्रमणबारे औपचारिक जानकारी गराइएको छैन । जोमसोममा पत्रकार तथा सर्वसाधारणले फोटो खिच्ने र भेट्न खोजे पनि उनी तर्किएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया