खाजाघरबाट ५ लाख चोरी

समाधान संवाददाता २०७९ पुष १७ गते १६:३१

जोमसोम ।
मुस्ताङको मुक्तिनाथ स्थित बसपार्कको एक खाजाघरमा चोरी भएको छ । वारागुङ मुक्तिक्षेत्र १ पुराङ रानीपौवा बसपार्क स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख चोरी भएको हो ।

मंगलबार राति खाजाघरमा कोही नभएको मौका छोपी मुल ढोकाको ताला फोरेर नगद चोरी गरेको वारागुङ मुक्तिक्षेत्र १ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । घटनापछि वडाध्यक्ष गुरुङको समन्वयमा प्रहरीले घटनाको विवरण संकलन गरेको छ ।

वडाध्यक्ष गुरुङका अनुसार पीडित पक्षले चोरीमा संलग्न व्यक्तिको खोज,तलास गरिदिन जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निवेदन दिएको छ । मुक्तिनाथको रानीपौवा बसपार्क स्थित खाजाघरकी सञ्चालक ढोमा गुरुङ काम विशेषले पोखरा गएकी थिईन् ।

Advertisement

उनले खाजाघरको जिम्मा आफ्नै बहिनी र एक कामदारलाई दिएकी थिईन् । गुरुङले आर्थिक कारोबार मिलान गर्न उक्त नगद रकम पोखरा झर्नुअघि बहिनीलाई सुम्पिएकी थिईन् । बहिनी र काम गर्ने कर्मचारी रानीपौवा गाउँको घरमा राति सुत्न जाने दिन खाजा घरमा चोरी भएको हो ।

चोरीमा संलग्नको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वारागुङ मुक्तिक्षेत्र १ वडाको ४ वटा गाउँमा वडा कार्यालयले अत्याधुनिक सिसी क्यामेरा जडान गरेको छ । क्यामेरा ट्यापिङमा चोरी गर्ने व्यक्तिको आंशिक पहिचान भए पनि चोरी गर्ने व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया