घरपझोङमा ६० वर्ष नाघेकालाई ६ दिने भ्रमण

समाधान संवाददाता २०७९ पुष २० गते २०:१२

जोमसोम–
हिउँदयामको जाडो मौसम ।मुस्ताङमा अत्यधिक चिसो सिरेटो चलिरहन्छ ।चिसो उत्तरी हावाको उन्मादले युवा र तन्नेरीको के कुरा यहाँ बसेका बढेसकालका ज्येष्ठ नागरिकको कन्तविजोग हुन्छ ।
यहाँको माईनस डिग्री तापक्रमले दैनिक जनजिवन कष्ठकर छ ।बिहान र बेलुकीपख यहाँ सारै चिसो छ । नदी,ताल,कुवा,धारा र सेफ्टी ट्याङ्की जमेका हुन्छन् । दिउँसो आशिंक घाम लागेपनि चिसो हावाको सिरेटोले यहाँका ज्येष्ठ नागरिकको दैनिकी झनै पीडाँदायी बनिदिन्छ ।
त्यसो त बुढेसकालको उत्तरार्धको जीवन,एकै ठाउँमा बस्दाबस्दै वाक्कदिक्क र थकित हुने गर्छन ज्येष्ठ नागरिक । घरका छोरी,बुहारी र नातीनातिकासंगै बस्ने र गफ गर्न अवसर समेत ज्येष्ठ नागरिकलाई प्राप्त हुदैन । बुढेसकालमा नयाँ ठाउँ घुम्ने र धार्मिक गन्तव्य पुगेर तीर्थाटन गर्ने चाहाना ज्येष्ठ नागरिकमा हुन्छ । तर, यो अवसर धेरैजसो ज्येष्ठ नागरिकले पाउँदैनन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा बसोबार गरेका यहाँका ज्येष्ठ नागरिकलाई हिउँदयामको जाडो छल्ने र धार्मिक तीर्थाटन गराउँने उद्देश्यले घरपझोङ गाउँपालिकाले पालिकाका भित्रका ५ वटै वडाका ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमणको अवसर जुराएको हो ।
घरपझोङले चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत ज्येष्ठ नागरिकहरुको लागि धार्मिक अवलोकन भ्रमणका लागि १५ लाख बजेट विनियोजन ग¥यो । सोही बजेट शिर्षकमा बुधबार घरपझोङका ज्येष्ठ नागरिकलाई ६ दिने अन्तरजिल्ला भ्रमण सुरु गरेको छ । पालिकाले पालिका भित्रका ६० वर्ष नाघेका १३५ जना ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गर्न पठाएको पालिकाका सामाजिक विकास समितिका संयोजक फलेन्द्र थकालीले जानकारी दिए । सधैभरी घर बस्दा वाक्कदिक्क भएका ज्येष्ठ नागरिकहरुले धार्मिक भ्रमण गर्न पाउँदा उत्साहित भएको संयोजक थकालीको भनाई छ ।
घरपझोङले पोखराका विभिन्न धार्मिक स्थल, लुम्बिनी ।सीजी टेम्पल, चितवनको राष्ट्रिय निकुञ्ज र सौराहा घुमाउने कार्यतालिका रहेको घरपझोङका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए । भ्रमणमा सबै ज्येष्ठ नागरिक पुरुषको मात्र सहभागीता रहेको उनले बताए ।
घरपझोङको ज्येष्ठ नागरिकलाई रेखदेख र उनीहरुको स्वास्थ्य अवस्थालाई ख्याल राख्न र केही समस्या परेर समाधान गर्न पालिकाले वडास्तरीय प्रतिनिधि ,३ जना स्वास्थ्यकर्मी र २ जना पालिकाका कर्मचारी खटाईएको छ ।
ज्येष्ठ नागरिकहरुको भ्रमण टोलीलाई गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बिदाई गरेका छन् । अध्यक्ष लालचनले बुढेसकाल लागेका ज्येष्ठ नागरिकको सम्मान र उनीहरुको ईच्छ्या ,आकांक्षा र चाहानालाई पालिकाले तीर्थ घुम्ने अवसर प्राप्त गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया