‘प्यारो मान्छे’ गजल गीत बजारमा

समाधान संवाददाता २०७९ पुष २९ गते १३:५७

लेखनाथ, २८ पुस । गीत र म्युजिक भिडियोका गीतहरु बजारमा प्रशस्त आउने गर्छन् तर गजलमा आधारित भिडियो यदाकता मात्र आउने गरेको पाइन्छ । यसै क्रममा स्याङजा जिल्लामा जन्मिएर कास्कीको लेखनाथमा कर्मथलो बनाएका रुद्र रेग्मीको ‘प्यारो मान्छे’ गजल गीत भिडियो बजारमा आएको छ ।

मौलीक गीत र संगीतलाई समेटेर तयार पारिएको गजल गीति भिडियोमा विभिन्न तरिकाबाट मानिसलाई फसाउने प्रवृतिको चित्रण गरि समाजलाई कसरी रुपान्त्रण गर्ने सकिन्छ भन्ने विषयलाई उजागर गर्न खोजिएको छ ।

गजलकार रुद्र रेग्मीका दर्जनौ गजलहरु मध्यको प्यारो मान्छेमा गजल गायक थानेश्वर गौतमको स्वर रहेको छ भने भिडियोमा सोफित धरेल र बद्रिप्रसाद तिवारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । उक्त गजल गीति भिडियो थानेश्वर गौतम युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया