प्रभु हेलिकप्टरका सबै उडानमा रोक
समाधान संवाददाता
२०७९ माघ १० गते १३:४२

पोखरा ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । स्याङजाको वालिङ खेल मैदानमा माघ ५ गते अनुमतिविना हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।
प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको तर जवाफ नआएकाले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया