श्रमिक बरालको नयाँ गीत

समाधान संवाददाता २०७९ माघ ११ गते ११:२१

पोखरा ।
डा खगराज बराल (श्रमिक बराल) को शब्द रहेको ए गंगा बोलको गीत राजनराज बरालको संगीत तथा स्वरमा सार्वजनिक भएको छ । आमालाई गंगाको बिम्ब बनाइएको यो गीत रचना भएको १४ वर्षपछि रेकर्ड भएको हो ।

गीतमा महाभारतकालीन मिथकको पनि प्रयोग भएको छ । महाभारतको कथामा पनि देवव्रत (भीष्म) गंगाका पुत्र भएका र भीष्मले आफूले कठिन निर्णय गर्नु परेको समय र कुनै विषयमा द्विविधा भएका अवस्थामा गंगाका किनारामा गएर आफ्नी आमा गङ्गालाई पुकारा गरेको प्रसंग छ ।

यो गीतको संगी संयोजन मनोहर सुनामले गरेका छन् । साउन्ड डिजाइन स्टुडियो नक्सालमा रेकडिङ गरिएको यो गीतका रेकडिस्ट भोला पौडेल हुन् ।

Advertisement

गीतमा भुवन गन्धर्वले तबलामा, गोपालदेवले बाँसुरीमा, मनोहर सुनामले गितारमा साथ दिएका छन् । बलराम अधिकारी (बाले काका) को अभिनय रहेको राग भूपालीमा गाइएको यो गीत कचहवा तालमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया