पोखरा महोत्सवमा १० करोड कारोबार

पोखरा ।
पोखराको अमरसिंह चौरमा पुस २७ देखि सुरु भएको पोखरा महोत्सव मंगलबार सकिएको छ । महोत्सव करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् भने करिब १० करोडको कारोबार भएको अर्थ व्यवस्थापन समिति संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।
१४ दिनसम्म चलेको महोत्सव सांसद मनबहादुर गुरुङले समापन गरे । कार्यक्रममा उनले युनाइटेड क्लबले सामाजिक कामका लागि नै महोत्सव आयोजना गरेकोमा धन्यवा दिए । गण्डकी प्रदेशका कृषि मन्त्री वेदबहादुर गुरुङले युनाइटेड क्लबले लिएको उद्देश्यमा आफ्नो सधै साथ र सहयोग रहने बताए ।
महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक विनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि बढिरहेको क्लबसँग सहकार्य गरी आफूहरुले पनि सामाजिक उत्तरदायित्व बहन गरेको जनाए ।
जिल्ला डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बरालले पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको बताए । अमरसिंह माविका प्रधानाध्यापक तेजस्वी बरालले लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निर्माण हुने छात्राबासको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
महोत्सव स्थलबाट पचभैयामा निर्माणाधीन चिडियाखाना अवलोकनका लागि लगभग ८ सय जनाले निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका छन् १५ सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया