पोखरा महोत्सवमा १० करोड कारोबार

समाधान संवाददाता २०७९ माघ ११ गते १२:३१

पोखरा ।
पोखराको अमरसिंह चौरमा पुस २७ देखि सुरु भएको पोखरा महोत्सव मंगलबार सकिएको छ । महोत्सव करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् भने करिब १० करोडको कारोबार भएको अर्थ व्यवस्थापन समिति संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।

१४ दिनसम्म चलेको महोत्सव सांसद मनबहादुर गुरुङले समापन गरे । कार्यक्रममा उनले युनाइटेड क्लबले सामाजिक कामका लागि नै महोत्सव आयोजना गरेकोमा धन्यवा दिए । गण्डकी प्रदेशका कृषि मन्त्री वेदबहादुर गुरुङले युनाइटेड क्लबले लिएको उद्देश्यमा आफ्नो सधै साथ र सहयोग रहने बताए ।

महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक विनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि बढिरहेको क्लबसँग सहकार्य गरी आफूहरुले पनि सामाजिक उत्तरदायित्व बहन गरेको जनाए ।

Advertisement

जिल्ला डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बरालले पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको बताए । अमरसिंह माविका प्रधानाध्यापक तेजस्वी बरालले लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निर्माण हुने छात्राबासको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

महोत्सव स्थलबाट पचभैयामा निर्माणाधीन चिडियाखाना अवलोकनका लागि लगभग ८ सय जनाले निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका छन् १५ सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया