पितृमुक्ति स्तुति संग्रह लोकार्पण
समाधान संवाददाता
२०७९ माघ १३ गते १०:५३

पोखरा ।
देवानन्द वेदान्त केसरी महाराजको ४६ औं महाप्रयाण दिवस साइदेव साधना कुटीर पोखरा २० भलाममा मनाइएको छ । कार्यक्रममा पुराणप्राज्ञ मोहन भगिरथले तयार पारिएको पितृमुक्ति स्तुति संग्रह नामक ग्रन्थको डा भोलानाथ रेग्मीले लोकार्पण गरे ।
समाजसेवी टंकमान नापितले रसादी एवं भष्मादी औषधी बनाउन केसरी महाराजको विशेष दखल रहेको बताए । उनले महाराजले वनारसबाट सोही विषयको उपाधि ‘आयुर्वेदी शिखामणि’ पाएको जानकारी दिए ।
महाराजका पारिवारिक सदस्य तुलाराम भण्डारी, युवा अभियन्ता सन्तोष भण्डारी, सूर्यसुमन थापाले आध्यात्मिक जीवनको उच्चताका बारेमा बोलेका थिए ।
सत्य साई केन्द्र नदिपुरका साईरामले वेदपाठ तथा भजन गायन प्रस्तुत गरेको कार्यक्रममा डा भोलानाथ रेग्मी र संकलक मोहन साईरामले पुस्तकका बारेमा प्रकाश पारेका थिए ।
सम्बन्धित









लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया