पितृमुक्ति स्तुति संग्रह लोकार्पण

समाधान संवाददाता २०७९ माघ १३ गते १०:५३

पोखरा ।
देवानन्द वेदान्त केसरी महाराजको ४६ औं महाप्रयाण दिवस साइदेव साधना कुटीर पोखरा २० भलाममा मनाइएको छ । कार्यक्रममा पुराणप्राज्ञ मोहन भगिरथले तयार पारिएको पितृमुक्ति स्तुति संग्रह नामक ग्रन्थको डा भोलानाथ रेग्मीले लोकार्पण गरे ।

समाजसेवी टंकमान नापितले रसादी एवं भष्मादी औषधी बनाउन केसरी महाराजको विशेष दखल रहेको बताए । उनले महाराजले वनारसबाट सोही विषयको उपाधि ‘आयुर्वेदी शिखामणि’ पाएको जानकारी दिए ।

महाराजका पारिवारिक सदस्य तुलाराम भण्डारी, युवा अभियन्ता सन्तोष भण्डारी, सूर्यसुमन थापाले आध्यात्मिक जीवनको उच्चताका बारेमा बोलेका थिए ।

Advertisement

सत्य साई केन्द्र नदिपुरका साईरामले वेदपाठ तथा भजन गायन प्रस्तुत गरेको कार्यक्रममा डा भोलानाथ रेग्मी र संकलक मोहन साईरामले पुस्तकका बारेमा प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया