निरा छन्त्यालको परिवारलाई पालिकाको साथ

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ १३ गते १०:५४

ढोरपाटन ।
बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई सहयोग गरेको छ ।
यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका ३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप ५० हजार उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

गाउँपालिकाले लोक तथा दोहोरी गायिका छन्त्यालको परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराएको हो । ‘हामीले राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिंगो राज्य स्तब्ध भएको अवस्था छ’, उपाध्यक्ष अधिकारीले भनिन्, ‘यस घडीमा उहाँको परिवारलाई सहयोग आवश्यक छ ।’ छन्त्यालको परिवारलाई आगामी दिनमा पनि सहयोग गर्ने उनले वाचा गरिन् ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया