एड्भान्स आइसिटी तालिम

पोखरा ।
कास्की नेत्रहीन संघको आयोजनामा दृष्टिविहीन शिक्षकका लागि ४ दिने एडभान्स् आइसिटी तालिम शनिबारदेखि पोखरामा सुरु भएको छ ।
नेलम्बो नेपालको आर्थिक सहायोगमा भएको तालिम गण्डकी प्रदेश सरकार नीति तथा योजना आयोगका सदस्य डा. शान्ता खत्रीले उद्घाटन गरिन् ।
खत्रीले अपांगता भएका व्यक्तिका आवश्यकतालाई सरकारको नीति तथा योजनामा समेट्न, कार्यान्वयन गर्न र सहजीकरणमा गर्ने बताइन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले सूचना प्रविधिमा पहुँच दृष्टिविहीनको वैकल्पिक आँखा र मर्यादित जीवनको आधार भएकोमा जोड दिए ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपालले हरेक हिसाबले विपन्नको हितका लागि काम गरिरहेको बताए ।
कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले तालिममा सहजीकरण गरेका छन् ।
तालिममा पोखराका विभिन्न विद्यालयमा कार्यरत ९ दृष्टिविहीन शिक्षक र ३ जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीको सहभागिता छ ।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका पहुँच युक्त एप्लिकेसन, एसिस्टिभ डिभाइस लगायतका विषयमा सहभागीलाई जानकारी दिइएको छ ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया