माउन्ट अन्नपूर्णमाविमा स्वागत तथा बिदाइ

पोखरा ।
पोखरा ५ पस्र्याङ स्थित माउन्ट अन्नपूर्ण क्याम्पसका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । बिएस्सी सिएसआइटी ४ वर्षको अध्ययन पूरा गरेका २०७४ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ तथा २०७९ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा बिएस्सी सिएस आइटी दोस्रो सेमेस्टरका विद्यार्थीले पहिलो सेमेस्टर विद्यार्थीलाई स्वागत गरे भने सातौँ सेमेस्टरका विद्यार्थीले अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरे ।
कलेजका निर्देशक सूर्यबहादुर जिसीले माउन्ट अन्नपूर्णले पश्चिमाञ्चलकै पहिलो निजी क्याम्पसको रूपमा अहिलेसम्म विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको बताए ।
उनले भने, ‘निजी शिक्षण संस्थाको अगुवा भएर हामीले विज्ञान र प्रविधिको शिक्षा दिएका धेरै विद्यार्थी अहिले डाक्टर, इन्जिनियर र अरू जिम्मेवार पदमा छन् । हामी हाम्रो गुणस्तर र राष्ट्रको आवश्यकता बमोजिमका कार्यक्रम चलाइरहेका छौँ ।’
कार्यक्रममा कलेजका फ्याकल्टी सुनिल पाण्डेले अध्ययन कहिल्यै पूरा नहुने भन्दै जीवनभर अध्ययनशील हुन विद्यार्थीलाई सुझाए । उनले अध्ययनमा लगनशील भए अवसरले आफैं खोज्ने स्पष्ट पार्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।
कलेजका विद्यार्थीले विभिन्न सांगीतिक प्रस्तुति राखेको कार्यक्रममा फ्याकल्टीहरु सुदीप दाहाल, सन्तोष पन्त र सुरेश तिल्सिना र विद्यार्थीद्वय पुष्पा रेग्मी र विनय अधिकारीले बोलेका थिए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया