थासाङको लेते कालोपानीमा दुई तले घरमा आगलागी

जोमसोम–मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीको एक घरमा भिषण आगलागी भएको छ । आईतबार दिउँसो ४ ः४५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
आगलागी भएको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । थासाङ–३ लेत कालोपानी स्थित स्थानीय तुलाचनको ढुङ्गा र माटोले बनेको दुई तले घर पूर्ण रुपमा क्षति भएको हो । घरमा बेनी–जोमसोम सडकका कामदार बस्दै आईरहेका थिए ।
आगलागीपछि सदरमुकाम जोमसोमबाट सुरक्षा निकायको टोली घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।
आगलागी भएको घरबाट स्थानीय र सुरक्षाकर्मी लगायतको टोलीले धनमाल बाहिर निकाल्ने कार्य गरिहेको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन भने आगलागी भएको घरमा ३ घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो । घरमा धरैजसो भौतिक सम्पती नष्ट भएको छ ।
बेनी–जोमसोम मुख्य सडकको दक्षिण पूर्वमा रहेको घरमा आगलागी भएको र सडक निर्माणमा प्रयोग गरिएको ट्याङ्करले आगो नियन्त्रणमा लिने काम भईरहेको छ ।
मुस्ताङका स्थानीय तहमा आगो नियन्त्रण गर्ने वारुणयन्त्र नभएकोले आगो नियन्त्रणमा लिन अप्ठ्यारो भएको प्रहरी नायव उपरिक्षक पौडेलले उल्लेख गरे । आगलागी भएको घरको पूर्ण क्षति विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।






इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया