चैत १० मा ‘ए साथी सुन’

समाधान संवाददाता २०७९ फागुन ५ गते १०:३४

पोखरा ।
पोखरामा सञ्चार कर्म गर्दै आएका सुदीप पौडेल निर्माता बनेका छन् । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उनी फिल्मका सहनिर्माता हुन् ।

लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटी प्रमुख भूमिकामा छिन् । रामराघव आचार्यले फिल्मलाई निर्देशन गरेका हुन् ।

यो फिल्म आरआर कम्पनीले डिस्ट्रिब्युसन गर्न लागेको हो । फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय छ ।

Advertisement

विना कार्की र सन्तोषकुमार राई फिल्मका निर्माता हुन् । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गरेका हुन् । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय छ ।

फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने जानकारी पौडेलले जानकारी गराए । यो अभिनेता जयनन्द लामाको अन्तिम फिल्म हो ।

Advertisement

तपाईको प्रतिक्रिया