‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स युनिभर्स’ का विजेतालाई १ करोड

समाधान संवाददाता २०७९ फागुन ९ गते ११:३८

काठमाडौं ।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन फागुन १० गतेदेखि सुरु हुने भएको छ ।

कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै भारतको सिलिगुरीमा समेत हुनेछ । बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते अडिसन हुनेछ । अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ ।

फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागिता जनाउनुपर्ने छ ।

Advertisement

‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिति फेरअरी २८ तोकिएको छ । अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्ने छ ।

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई छन् ।

Advertisement

यी सो नेपालकै सर्वाधिक धेरै पुरस्कार राशि भएका रियालिटी सो हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली १ करोड पुरस्कार पाउनेछन् ।

साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् । फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनर अपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

डान्स युनिभर्सको सँस्कृतिक समूहका विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनर अपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यानड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरोपेली देशबाट पनि नेपाली भाषीको सहभागिताको अपेक्षा राखेको छ ।

तपाईको प्रतिक्रिया