रिलायबलको मृत्यदाबी भुक्तानी

समाधान संवाददाता २०७९ फागुन ९ गते १७:०९

लेखनाथ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गरेका बिमितका आश्रित परिवारलाई मृत्युदावी भुक्तानी गरिएको छ । बिमालेख जारी भएको ३ महिनामा नै सडक दुर्घटनामा परी मृत्यु भएका आविस्कार शाहीको परिवारलाई लेखनाथ शाखाबाट मृत्युदावीको रकम भुक्तानी गरिएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लेखनाथ शाखाका प्रमुख विष्णुहरि अधिकारीले उनका बुवा दीपकलाई १० लाख १० हजारको चेक हस्तान्त्रण गरेका हुन् । शाहीले वार्षिक ३२ हजार पाँच सय बुझाउने गरी पाँच लाखको बिमा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया