तनहुँमा प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र

तनहुँ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
‘गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भइसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ,’ उनले भने ।
केन्द्रका लागि पन्ध्र रोपनी जग्गा भए पुग्ने भएकाले बाँकी जग्गामा आयुर्वेदिक अस्पताल बनाउन प्रदेश सरकारले चासो देखाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
सोही स्थानमा मित्रता माविको र आसपास गरी करिब तीन सय रोपनी सार्वजनिक जग्गा रहेकाले पालिकाले प्रदेश सरकारलाई ट्रमा सेन्टर बनाइदिन प्रस्ताव गरेको अध्यक्ष चुमानले जानकारी दिए ।
स्थानीय स्तरमै उपचारको व्यवस्था गर्न सकिने भएकाले तीनवटै तहका सरकारले ट्रमा सेन्टर निर्माणमा चासो देखाएका उनले बताए ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया