पोखराका विष्णु रुपन्देहीमा टेनिस प्रशिक्षक

पोखरा ।
लामो समयदेखि पोखराको टेनिसमा क्रियाशील खेलाडी तथा प्रशिक्षक विष्णु नेपालीले अब रुपन्देहीमा टेनिस प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् । पोखरा–५, पस्र्याङका विष्णु झण्डै १५ वर्ष देखि पोखराको टेनिसमा आवद्ध छन् ।
सानै उमेरबाट टेनिस कोर्टमा सहयोगीका रुपमा काम गर्दै आएका उनले खेलाडीका रुपमा विभिन्न राष्ट्रिय तथा स्थानीय प्रतियोगिताहरुमा पदक जितिसकेका छन् । पछिल्लो समय उनले यहाँका जुनियर खेलाडीहरुलाई प्रशिक्षण समेत दिँदै आएका थिए ।
कास्की जिल्ला टेनिस संघले उनलाई शनिबार एक समारोहबिच विदाईसमेत गर्यो । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरेली खेलाडीहरुले टेनिसमा उत्कष्ट प्रदर्शन गर्दै आएकोमा खुसी व्यक्त गरे ।
संघ कास्कीका अध्यक्ष लोक गुरुङ, उपाध्यक्षद्वय नवीन चालिसे, राजु गुरुङ, सचिव नवीन श्रेष्ठ, कोषाध्यक्ष अनुज बाँस्तोला, सदस्य भीष्मराज पौडेल, सल्लाहकार समीर शेरचन, गोपी भट्टराई, सूर्य भुजेल, वसन्त प्रधान तथा पोखरेली खेलाडी एवं प्रशिक्षकहरुले उनलाई सफलताको शुभकामना प्रदान गरेका थिए ।
खेलाडीहरुको अथक मेहनत र प्रयासका कारण अहिले देश विदेशमा पोखरेली टेनिस खेलाडीहरुले प्रशिक्षकका जिम्मेवारी सम्हाल्ने अवसर पाएको कायस्थले जनाए । पोखरेली टेनिस स्टारहरु कुमार अधिकारी, शक्ति शर्मा, नीरज गुरुङ, नवीन मगर, प्रदीप खड्का लगायतले माल्दिभ्समा तथा महेश्वर तिवारीले कुवेतमा टेनिस प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया