सुरक्षा पन्तले गरिन् मानव सुवेदीसँग बिहे

समाधान संवाददाता २०७९ फागुन २५ गते १४:४१

पोखरा ।
कलाकार सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग आज (बुधबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेकी छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ ।

कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया