रामबजारमा लुम्बिनीको एटिएम

समाधान संवाददाता २०७९ फागुन ३० गते ११:०३

पोखरा ।
लुम्बिनी विकास बैंक लिमिटेडले पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ । एटिएमको पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले सुरुआत गरे ।

कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्व सञ्चालक बिलबहादुर गुरुङ लागयतले एटिएमले बैंकको सेवा लिन अझ सजिलो हुने बताए ।

बैंकले हाल ८९ शाखा, १ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आएको लुम्बिनीको यो १८ औं एटिएम हो ।

Advertisement

तपाईको प्रतिक्रिया