पोखरामा खुल्यो ‘हेयर एन्ड शान्ति’

समाधान संवाददाता २०७९ चैत २ गते १०:३७

पोखरा ।
पोखरा भन्नेबित्तिकै धेरैको दिमागमा ताल, हिमाल, कला, साहित्य, लाहुरे लगायतका विषय आइहाल्छन् । पोखरा भन्नेबित्तिकै सम्झिने यहाँको फेसन र जीवनशैली पनि हो । पश्चिमा संस्कृति होस् वा परम्परागत, पोखराले नयाँ नयाँ पन खोजिरहन्छ ।

पोखरेली तन्नेरी पुस्ता आफूमा फरकपन आभाष गर्नकै लागि सौन्दर्यमा पनि उत्तिकै ध्यान दिन्छ । यहाँको फेसनदेखि जीवनशैलीलाई पछ्याउँदै पोखरामा सौन्दर्यको नयाँ ब्रान्ड थपिएको छः हेयर एन्ड शान्ति ।

केश सज्जा र सौन्दर्यमा २ दशभन्दा लामो अनुभव बटुलेको हेयर शान्तिको ११ औं शाखा पोखरामा खुलेको हो । डेढ करोड लगानीमा खुलेको हेयर शान्ति पोखरा न्युरोडमा फागुन २८ गतेदेखि सञ्चालनमा आएको छ ।

Advertisement

यो सैलुनमा महिला तथा पुरुष दुवैले सेवा लिन सक्ने हेयर शान्तिकी निर्देशक अनुजा श्रेष्ठ बताउँछिन् । पोखरा शाखामा हेयर कट, कलरिङ, केराटिन जस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्ट लगायत अनुहार र सौन्दर्यसँग सम्बन्धित सेवा उपलब्ध हुने श्रेष्ठको भनाइ छ ।

‘सौन्दर्यको क्षेत्रमा देशका अन्य ठाउँमा सफल भइसकेपछि हामीले पोखरालाई पनि उपयुक्त गन्तव्य मान्यौं । त्यसैले अहिले पोखरेलीलाई भरपर्दो र गुणस्तरीय सौन्दर्य प्रशाधनका सामग्रीसहित आएका छौं,’ निर्देशक श्रेष्ठले भनिन्, ‘सुरुआतमा यहाँबाट कपाल वा सौन्दर्यका कुन ैपनि सेवा लिएवापत २५ प्रतिशत छुटको व्यवस्था गरेका छौं ।’

Advertisement

पोखरा शाखामा एकै पटक २५ जनाले सेवा लिन सक्छन् । हेयर एन्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, क्स्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोग गर्ने गरेको निर्देशक श्रेष्ठ बताउँछिन् । ‘१० हजारको मेम्बरसिप बनायो भने १५ हजार बराबरको छुट, २५ प्रतिशत छुट पाइनेछ, यो अहिलेको ग्रान्ड अवसर पनि हो,’ उनले भनिन् ।

हेयर शान्तिकी सिनियर हेयर ड्रेसर रुपा शाक्यले सेवाग्राहीको छाला, केशअनुसारमात्रै आफूहरुले सेवा दिने बताइन् । ‘राम्रा टेक्निसियन राखेका छौं । सबै भारतबाटै प्रशिक्षित हुनुहुन्छ । हाम्रा प्रोडक्ट पनि सबै भारतबाटै आउँछन् । स्किन, हेयर विश्लेषण गरेरमात्रै सोही अनुसार सेवा दिन्छौं,’ उनले भनिन् ।

भारतको दिल्लीस्थित साउथ एक्सबाट सुरु सन् २००१ मा सुरु भएको हेयर एन्ड शान्तिले नेपालमा भने काठमाडौंको कमलादीबाट शाखा विस्तार गरेको हो । भारतमा यसका १२ वटा स्टोर सञ्चालनमा छन् । ‘अब केही समयमा नै धनगढीमा १२ औं शाखा विस्तार गर्ने तयारीमा छौं,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया