बाबुकाे किरिया बसेका पाेखराका सांसद बरालले उपराष्ट्रपतिका लागि काठमाण्डाै गएरै गरे मतदान
समाधान संवाददाता
२०७९ चैत ३ गते १०:४७

पोखरा ।
उपराष्ट्रपति निर्वाचनको जारी मतदानमा गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले मतदान गरेका छन् । आफ्ना बाबुको निधनमा किरियामा बसेका सांसद बरालले काठमाडौं गएर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका हुन् ।
शुक्रबार बिहान काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत काठमाडौं गएका हुन् । सांसद बराल मतदान सकेर शुक्रबार नै पोखरा फर्कँदैछन् । कास्की ३ ख बाट निर्वाचित सांसद बरालका पिताको २६ फागुनमा निधन भएको थियो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया