गलकोट क्याम्पसमा नेविसंघका लोकेन्द्र सर्वसम्मत

पोखरा ।
बागलुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत बनेका छन् ।
क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनको सहमतिमा उनी चुनिएका हुन् । स्ववियुका सबै पदमा सर्वसम्मत भएको छ ।
उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त र कोषाध्यक्षमा अनेरास्ववियु (छैठौँ) का गणेश सापकोटा छन् ।
सदस्यमा नेविसंघकी हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौँ)की विनिता गौतम छन् ।
मनोनयन दर्ताका दिन सबै पदमा एकल उम्मेदवारी परेको हो । चैत ५ गते निर्वाचनको मिति तय थियो । यहाँ ०७३ सको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा भएको थियो । त्यो वेला नेविसंघका गुमानसिंह भण्डारी चुनिएका थिए ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया