सम्पादकीय: किसानलाई मलमा अनुदान दिऊँ

सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान घटाएको छ । अनुदान कटौतीले सबै क्षेत्रमा असर परेको छ । सरकारको निर्णयसँगै रसायनिक मलको बजारमा मूल्य ’दोबर’ भएको छ । यसअघि सरकारले मलमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो । जसमा युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत छ ।
सो अनुसार किसानले युरिया प्रतिककेजी १४ रुपैयाँ, डिएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ तिर्दै आएका थिए । नयाँ मूल्यअनुसार अब किसानले युरिया प्रतिकेजी २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ र पोटासको लागि प्रतिकेजी ४० रुपैयाँ तिर्नुपर्छ । नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन मलको आवश्यकता छ ।
रसायनिक मलमा अनुदान रकम घटाइँदा त्यसको मार सिधा कृषक र उनीहरूका उत्पादनसम्ममा पर्छ । सरकारका व्यवस्थापकीय कमजोरीले गर्दा सिर्जित समस्यालाई देखाउँदै किसानलाई भार थोपरिएको छ । नेपालमा रासायनिक मल भित्रयाउने प्रक्रिया नै निकै जटिल छ । सरकारले मूल्य बढाउँदैमा त्यसको उपलब्धता सहज हुुँदैन । बजारमा मलको भाउ भने अहिले नै बढिसक्दा किसानहरूलाई आर्थिक भार भने परिसकेको छ ।
मुख्य याम सकिएपछि भारतसँग मलको सम्झौता, किसानलाई के फाइदा यसअघि नै अनेकौँ मार झेलिरहेका किसानका लागि यो अर्को सरकारको अर्को ‘प्रतिकूल’ निर्णय भएको छ । सरकारले आफ्ना कमजोरीहरू नहेरेर यसमा पनि किसानहरूलाई नै दोष दिएको देखिन्छ । सीमा नाकामा हुने कालोबजारीलाई आधार मान्दै मूल्य निर्धारण गर्ने काम किसानको हितमा हुनै सक्दैन ।
किसान संघ, संगठनहरुले मलका दिईदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन माग राख्दै दबाव मुलक कार्यक्रम गरेका छन् । आन्दोलनलाई प्रभावकारी बनाएर निर्णयलाई सच्याउनु पर्छ । नेपालमा जैविक मलको प्रयोग समेत कायम राख्दै एकीकृत रूपमा कृषि प्रणाली कायम राख्ने नीति छ । सोही नीति अनुसार काम गर्न आवश्यक छ । अर्गानिक खेती समेत अभियानको रूपमा बढेको अगाडी बढाउन पर्छ । नेपाल रासायनिक मलमा मात्र निर्भर हुनुहुन्न ।
हरियो मल, गोठे मलजस्ता समेत प्रयोग बढाउदै केही सहायताका लागि मात्र रासायनिक मल प्रयोग गर्ने सरकारी नीतिलाई कार्यान्वयनमा ल्याउने पर्छ । काठमाडौ उपत्यका, तराईका भेगबाहेक धेरैजसो पहाडी भूभागमा माटोमा रासायनिक तत्व कम रहेकाले त्यहाँ अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने विधिहरू प्रवद्र्धन गर्न पर्छ ।
त्यस्ता ठाउँहरूको वर्गीकरण गर्दै कृषि उत्पादन बढाउने बाटो दिगो हुन सक्छ । संसारमा धेरै देशहरुले रासायनिक मलको प्रयोग घटाइरहिएका अवस्थामा नेपालमा त्यसको विकल्पमा गोठे मल, हरियो मल लगायतका जैविक मलको बढाउन सक्नु अर्को महत्वपूर्ण पक्ष हुन सक्छ ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया