७ पत्रकारलाई पुरस्कार

समाधान संवाददाता २०७९ चैत ५ गते १३:३७

दमौली ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो । शाखाको बैठकले ७ विभिन्न पुरस्कारका लागि पुरस्कृत पत्रकारको नामावली घोषणा गरेको शाखाका सचिव प्रताप रानाले बताए ।

शाखामा स्थापना गरिएको रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ५ हजार छ ।

शाखाले टीकानिधि ढुंगाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि १० हजार छ ।

Advertisement

स्व भवानी खनाल पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १५ हजार छ । चिरणहरि पत्रकारिता पुरस्कार पत्रकार सानेबहादुर नेपालीलाई प्रदान गरिने भएको छ ।

उक्त पुरस्कारको राशि १० हजार छ । हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ ।

Advertisement

भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १० हजार छ ।

पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार पत्रकार पवन पौडेललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ । सबै पुरस्कार शाखाको स्थापना दिवसको अवसरमा चैत १६ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया