पाेखरामा बाल यौन दुरुपयोग आराेपमा पक्राउ

समाधान संवाददाता २०७९ चैत ५ गते १६:३४

पोखरा ।
बाल यौन दरुपयोगको आरोपमा पोखरामा एक जना बालक पक्राउ परेका छन् । १४ वर्षकी बालिकालाई यौन दुरुपयोग गरेका आरोपमा उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

बालिकाले आफूमाथी बाल यौन दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा भिडीयो सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएकाे थियाे ।

पक्राउ परेका उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पिडीत र पिडक दुवैको व्यक्तिगत विविरण गोप्य राखेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया