पोखराको लेकसाइडमा १० करोड लगानीमा होटल पौवा

समाधान संवाददाता २०७९ चैत ८ गते १९:१५

पोखरा ।
होटल पौवा प्रालिले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाइडमा नयाँ होटल सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनगर्दै पौवा प्रालिले आफ्नो ११ औ शाखाको रुपमा लेकसाइड स्थित स्ट्रिट नम्बर १ मा नयाँ होटल सञ्चालनको तयारी पूरा गरेको जनाएको छ ।

११औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० औपचारिक उद्घाटन गर्ने प्रालिले जनाएको छ । शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते ३ दिनमा पौवा स्वाद उत्सव, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । पौवामा आएर खानाको स्वाद चाख्न ज्ञवालीले सबैलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्यो । तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन्,’ उनले भने ।

चुनौतिलाई अवसरमा बदल्न पोखरामा होटल सञ्चालन गरिएको ज्ञवालीले बताए । ‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर, हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौं,’ उनले भने, ‘हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं ।’

Advertisement

पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको प्रबन्ध निर्देशक ज्ञवालीले जनाए । उनले भने, ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीको भनाइ छ । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

Advertisement

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११औं शाखाको रुपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको छ । पोखरामा अझै थप लगानी गर्न योजना रहेको प्रवन्ध निर्देशक ज्ञवालीले बताए । पौवाको लक्ष्य अनुसार मिशन १०० मा पुग्दा पौवाको लगानी अरवौं पुग्ने होटलले जनाएको छ ।

पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ । सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवन (कतबतभ या बचत)मा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

होटलमा दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ । पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे ।

पौवाले चौबिसै घन्टा आतिथ्य सत्कारको सेवा दिएको छ । पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले पोखरा अन्तराष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने लैजाने ट्रान्सफरको सुविधा छ । ‘हामीलाई बिश्वास छ पोखरा पौवामा आउनुहुने आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्य सत्कार सहितको सेवामा कुनै कमी हुन दिदैनाै‌,’ अध्यक्ष भण्डारीले प्रतिवद्धता व्यक्त गरे ।

पौवा पोखराले मात्र ५० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रुपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको रुपमा लिएका छांै । आउँदै गरेको नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुट सहितको प्याकेज सेवा उपलब्धको तयारमा पौवा गु्रपले तयारी गरेका छौं ’उनले भने ।

तपाईको प्रतिक्रिया