टिकटक प्रतियोगितामा हेम्जाकी अनिसा प्रथम

समाधान संवाददाता २०७९ चैत १६ गते १६:५१

पोखरा ।
टिकटक प्रतियोगितामा पोखरा २५ का अनिसा अधिकारी र एलिसा अधिकारीको टिम प्रथम भएका छन् । काेसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठन र अन्नपूर्ण एफएमको सहकार्यमा आत्महत्या रोकथाममा जनचेतना फैलाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गरिएको थियो ।

जुम्लाकी लक्ष्मी खत्री दोस्रो र पोखरा ७ की प्रतिमा पौडेलले तेस्रो स्थान प्राप्त गरेकी छन् । प्रतियोगिताको निर्णयकमा मनोविद्ध विजय राई, रेडियो अन्नपूर्णका स्टेशन म्यानेर सञ्जय मल्ल, वजार व्यवस्थापक नारायण पौडेल, लेक सिटि कलेजका प्रोफेसर रोसना कुवँर थिए ।

टिकटकमा सहभागीहरुको वनाएको विषयवस्तु, सन्देश, प्रस्तुती, त्यसको प्रभावकारीता, समय, प्रयोग गरिएका शव्द र भाषालाई बढी केन्द्रीत गरेर निर्णय गरिएको काेसिसका मनोविद्ध राईले बताए । सामाजिक सञ्जालको प्रयोग गरेर पनि आत्महत्या रोकथाममा जनचेतना जगाउन सकिनेरहेछ भन्ने सिकाई भएको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया